१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

अ अ+ अ-

झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ । सम्भावित विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यतिबेला झापाका किसान पाकेको धान भित्र्याउने चटारोमा छन् । तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न किसानलाई विशेष अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाका समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ ।

अकस्मात बाढी आउन सक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता कार्यबाट टाढा रहन सूचनामा उल्लेख छ ।

भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमानलाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ ।

चक्रवातबाट सम्भावित क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठक सम्पन्न गरेको जनाएको छ ।

“चक्रवातका कारण भारी वर्षा हुने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता अपनाएका छौँ”, बैठकपछि जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, “स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ ।”

0 Comments