काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुन रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९३० कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र असली चाँदी रु तीन हजार ९८० मा कारोबार भएको थियो ।




