काठमाडौँ । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेलगत्तै प्रहरीले उक्त सञ्चारमाध्यमको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्युरोमा बोलाएको छ।
प्रहरीले टेलिफोनमार्फत उपस्थित हुन भनेपछि अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्युरो पुगेका हुन्।
यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसको कार्यालयमै पुगेर पत्रकार सुवेदीलाई पक्राउ गरेको थियो। त्यसलगत्तै सञ्चार संस्थाका अध्यक्ष र प्रधान सम्पादकलाई समेत सोधपुछका लागि बोलाइएको हो।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सरकारले दबाब बढाएको विषयसम्बन्धी समाचारलाई लिएर सोधपुछ गर्न खोजिएको प्रहरी स्रोतको दाबी छ।




