१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदको रणनीति र समसामयिक राजनीतिबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक शुरु

अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा शुरु भएको छ । 

आगामी संसद बैठकमा पार्टीको उपस्थिति प्रभावकारी बनाउने र सरकारका पछिल्ला कदमहरूबारे साझा धारणा तय गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यशैली तथा संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा सांसदहरूबीच गहन छलफल भइरहेको छ ।

 विशेषगरी आमसञ्चार माध्यम तथा पत्रकारमाथि भइरहेको भनिएको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र नागरिक अधिकारका विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइएको छ । बैठकमा सहभागी नेताहरूकाअनुसार सत्तारूढ गठबन्धन र विशेष गरी गृह प्रशासनको पछिल्लो कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दलले गम्भीर चासो व्यक्त गरेको छ । पत्रकार जगतमाथि सिर्जना गरिएको त्रास र लोकतान्त्रिक मूल्यमान्यताविपरितका गतिविधिलाई संसदमा सशक्त ढंगले उठाउने तयारी काँग्रेसको छ । 

यसैगरी, संसदका आगामी बैठकहरूमा जनसरोकारका विषय, महँगी, सुशासन र कानून निर्माणका प्रक्रियाका बारेमा पनि छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षका रूपमा सरकारलाई संसदप्रति उत्तरदायी बनाउन र जनहितका मुद्दामा सम्झौता नगर्ने रणनीति तय गर्न यो बैठक केन्द्रित रहेको बताइएको छ ।

0 Comments