१८ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

अ अ+ अ-

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्न लागेको हो ।

बोर्डले नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्पराको डिजिटल प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मन्त्री पौडेलको निर्देशन अनुसार यसअघि बडादसैँको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध सङ्घसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्गे पिङ’ हालिएको थियो ।

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने योजनाअनुसार उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक श्रव्य दृश्य सामग्री(भिडियो रिल) तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई रु एक लाख पुरस्कार प्रदान गरिनेछ ।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाएर पूजा गरिन्छ ।यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्य प्रतियोगिता आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनेले तयार पार्ने रिल अङ्ग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अङ्ग्रेजी सबटाइटल(उपशीर्षक) वा अङ्ग्रेजी भाषाको भ्वाइसओभर (वाचन)अनिवार्य गरिएको छ । सहभागीले आफ्नो श्रव्य दृश्य सामग्री इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी नेपाल फेस्टिबल/कुकुर तिहार ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा नेपाल टुरिजमलाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने जनाइएको छ । 

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिङ्क इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने श्रव्य दृश्य मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त श्रव्य दृश्य सामग्रीहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । 

बोर्डका अनुसार प्रतियोगितामा सहभागी हुन श्रव्य दृश्य सामग्री पठाउने अन्तिम मिति यही नोभेम्बर २१ ९मङ्सिर ५ गते० सम्म तोकिएको छ । कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिनेछ । 

डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित यो प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।  

0 Comments