२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक कल फोन गर्न डाँडामा

अ+ अ-

जाजरकोट । यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टौं हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ ।

जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताए ।

अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए । केन्द्रीय कार्यालयबाट स्तरोन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताए ।

भेरी नगरपालिका–६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते, स्काइको टावर र जुनिचाँदे गाउँपालिका–२ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावरलाई स्तरोन्नति गर्ने भनिए पनि काम नहुँदा यहाँका हजारौँ स्थानीयले फोन सेवाबाट वञ्चित भएको जैसीले बताए । चुनावका समयमा जिल्लाका सबै ठाउँमा टेलिफोन टावर निर्माण गरी जनतालाई सहजरुपमा सञ्चार सेवा पुर्‍याउने भनी दिइएको नारा एक वर्ष बिते पनि नारामै सीमित भएको स्थानीय पूर्णसमिर महतराले बताए ।

फोनले काम नगर्दा यहाँका स्थानीय सरकारको कामसमेत प्रभावित भएका छन् । फोन, इन्टरनेट, बैंक नहुँदा जिल्लाको जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकाको कार्यालय सदरमुकामबाट सञ्चालन हुँदै आएको छ । आकाशमा बादल देखिनासाथ डाँडामा गएर फोन गर्दा गर्दै टावर जाँदा हैरान हुने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।

केसीका अनुसार नमस्तेको टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापर्वाहीले टावर निर्माण अलपत्र परेको अध्यक्ष केसीको भनाइ छ ।

कुशे गाउँपालिकाको लाताचुलीको टावर बिग्रिएको महिनौँ बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको छ  । नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटले प्राविधिक सर्वेक्षण सम्पन्न भएकोले अब स्तरोन्नतिका काम अगाडि बढाउने बताएको छ । रासस