काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ ।
यस खेलमा लुम्बिनीले पहिले ब्याटिङ गरिरहेको छ । जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोज्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको हो ।
साविक विजेता लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टिम हो । ३ खेलबाट लुम्बिनी ५ अंकसहित शीर्ष स्थानमा छ । जनपुरले ४ खेल खेल्दा २ जित र २ हारबाट ४ अंक जोडेको छ ।
लुम्बिनीले एक र जनकपुरले दुई परिवर्तन गरेको छ । लुम्बिनीले अभिशेष गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा खेलाएको छ ।
यस्तै जनकपुरका लागि अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परभेज हुसेन इमोन पहिलो रोजाइमा खेल्दैछन् ।





