२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक दिन पूजा गरेर मात्रै हुँदैन, पशुप्रति वर्षभरि जिम्मेवार बनौँ’ : मन्त्री चौधरी

पशु कल्याणसम्बन्धी छुट्टै कानुन निर्माणको तयारी भइरहेको जानकारी दिँदै मन्त्री चौधरीले सडक कुकुर व्यवस्थापन, रेबिज नियन्त्रण र पशुमाथिको क्रूरता रोक्न तीनै तहका सरकार तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएकी छन्।

अ अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई एक दिनको धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी पशुप्रतिको जिम्मेवारी र संरक्षणको संस्कृतिका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।

प्रथम महिला सबिना काफ्लेले आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले पशुप्रतिको सम्मान पर्वका दिन गरिने पूजामा मात्र नभई वर्षभरि गरिने व्यवहारमा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिइन्।

कुकुर तिहारले निष्ठा, कृतज्ञता, करुणा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै उनले धार्मिक परम्परालाई पशु कल्याणसम्बन्धी व्यावहारिक जिम्मेवारीसँग जोड्नुपर्ने बताइन्। पशुलाई एक दिन माला लगाएर पूजा गर्ने तर अन्य दिन भोक, रोग र दुर्व्यवहारमा बाँच्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले पशु कल्याण र मानव स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको भन्दै ‘एक स्वास्थ्य अवधारणा’ अनुसार रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण र जिम्मेवार पशुपालनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।

विशेषगरी सडक कुकुर व्यवस्थापनका लागि स्थानीय तहसँगको समन्वयमा खोप, उपचार, बन्ध्याकरण तथा मानवीय व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्। यसका लागि सरकारी निकायसँगै पशु कल्याणका क्षेत्रमा क्रियाशील संस्थाहरूको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

पशु संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको जानकारीसमेत मन्त्री चौधरीले दिइन्। पशुमाथि हुने क्रूरता नियन्त्रण तथा उद्धार र संरक्षणको व्यवस्थालाई बलियो बनाउन छुट्टै कानुन आवश्यक रहेको उनले उल्लेख गरिन्।

नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ तथा पशु कल्याण निर्देशिका, २०७३ लगायतका व्यवस्थाको चर्चा गर्दै उनले पशु संरक्षणसम्बन्धी विद्यमान कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्।

मन्त्री चौधरीले पशु कल्याणका पाँच आधारभूत स्वतन्त्रता-भोक र तिर्खा, असहजता, पीडा तथा रोग, भय र तनावबाट मुक्ति एवं स्वाभाविक व्यवहार गर्न पाउने स्वतन्त्रता-व्यवहारमा सुनिश्चित गरिनुपर्ने बताइन्।

कुकुर तिहारको सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन नेपाली दूतावास, गैरआवासीय नेपाली समुदाय, पर्यटन प्रवर्द्धनसम्बन्धी निकाय तथा अन्तर्राष्ट्रिय पशु कल्याण संस्थासँग सहकार्य गर्न सकिने उनको भनाइ थियो। यद्यपि, अन्तर्राष्ट्रिय प्रचारसँगै पर्वको मौलिक सांस्कृतिक मर्म संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरिन्।

घाइते, अपाङ्गता भएका तथा बेवारिसे पशुको उद्धार, उपचार र आश्रय व्यवस्थापनमा सरकारी तथा गैरसरकारी क्षेत्रको साझा भूमिका रहने उल्लेख गर्दै मन्त्री चौधरीले पशुप्रतिको करुणालाई दैनिक व्यवहारमा उतार्न आह्वान गरिन्।

0 Comments