काठमाडौँ। अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा काठमाडौँको टोखाबाट एक जना पुरुष पक्राउ परेका छन्।
मंगलबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-१ स्थित भण्डारे क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार धादिङको सिद्धलेक गाउँपालिका-२ घर भई हाल काठमाडौँको टोखामा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन (३८४ केजी) महसहित फेला पारिएको थियो।
गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।






