काठमाडौँ। बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८९ अंक घटेको छ । यो कमीसँगै नेप्से २६३६ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ८.६६ अंक बढेको थियो ।
नेप्से परिसूचक मात्रै नभई कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्यो भने १७९ को घट्यो । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज लगानी समूह मात्रै बढ्यो । सो समूहगत सूचक ०.७२ प्रतिशत बढ्यो भने अरु सबै घटे । अघिल्लो दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको थियो ।






