काठमाडौं । जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत घुससहित राजकुमार ठाकुर पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले ठाकुरलाई म्याग्दी-७ स्थित उनकै निवासबाट ३३ हजार घुसरकमसहित पक्राउ गरेको हो ।
ठाकुरले काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट विभिन्न बहाना बनाएर घुस रकम लिएको अख्तियारले जानकारी दिएको छ ।