२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आक्रमणकारी बिरुद्ध मुद्दा दायर

अ+ अ-

काभ्रेपलाञ्चोक । सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ ।

मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटलडाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले सोही वडाको कुनीटोलका २७ वर्षीय विकास तामाङ, मोक्तानटोलका २५ वर्षीय पाल्साङ तामाङ र २७ वर्षका अनिल लामालाई खुकुरी र फलामे रड प्रहार गरी घाइते बनाएका थिए ।

घटनामा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेका पाल्साङ तामाङको धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि बुधबार काठमाडौँस्थित न्यूरो अस्पताल सिफारिश गरिएको स्थानीयवासी समिप त्रिपाठीले जानकारी दिए । उनका अनुसार अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि स्थानीय विद्यालयमा भएको झगडाबारे कुरा भइरहँदा रकम, फुन्जु र पाल्देनसहितले उनीहरूलाई खुकुरी र रड प्रहार गरेको घाइते जाहेरवाला विकास तामाङले बताए । उनले घटनामा आफ्नो एक तोलाको सुनको सिक्री, आधा तोलाको सुनको औँठी तथा एउटा मोबाइल सेट हराएको बताए । प्रहरीले खकुरी र रड बरामद गरी आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस