बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा
काठमाडौँ । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्। उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।