पेरिसडाँडामा नेकपा सचिवालय बैठक जारी, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुँदै
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो...