व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासनको आधार
१. विषय प्रवेश:सार्वजनिक प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन तथा राज्यको नीति नियम लागू गर्ने महत्वपूर्ण माध्यम हो । शान्ति सुव्यवस्था कायम गर्नु, कानूनको प्रभावकारी कार्यान्वयन गर्नु, जनतामा आवश्यक वस्तु र...