२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा नियमित आउँदैनन् चेपाङ विद्यार्थी

अ+ अ-

चितवन । चितवनको साविक सिद्धि गाविस–९ स्थित राष्ट्रिय प्राथमिक विद्यालय छेरवाङमा कुल विद्यार्थी १७० जना छन् ।

गएको सोमबार उक्त विद्यालयमा जम्मा २९ जना विद्यार्थी उपस्थित थिए । अरु शिक्षक नआएकाले एक्ली शिशुकोटाकी शिक्षिका विमला चेपाङ उनीहरुको रेखदेख गर्दै थिइन् । कक्षा १ मा ४२ जना विद्यार्थीले भर्ना गरेका छन् । उक्त दिन विद्यार्थीहरु टाउको गन्दा १ कक्षाका १३ जना थिए ।

कक्षा २ मा २४ मध्ये ३ जना, कक्षा ३ मा १८ विद्यार्थीमा ३ जना र कक्षा ४ मा ११ जना आउनुपर्नेमा जम्मा ३ जना विद्यार्थी उपस्थित थिए । कक्षा ५ मा १० जना विद्यार्थीमध्ये ७ जना उपस्थित थिए । अधिकांश चेपाङ विद्यार्थी रहेको सो स्कुलमा विद्यालय खाजा कार्यक्रम चलाइएको छ । “दालमोठ चिउरा, भुजा दिइन्छ”–शिशु शिक्षिका विमला चेपाङले भन्नुभयो, “अघिपछि ७०-८० जना आउथे आज मात्रै कम भएको हो ।”

उनीहरुलाई खाने अन्नकै चिन्ता हुने भएकाले पनि पठनपाठन नियमित गर्न समस्या छ

विद्यार्थी मात्रै होइनन् शिक्षकहरु समेत स्कुलमा थिएनन् । विमला र माया गुरुङ स्कुलमा उपस्थित भएपछि माया आधा दिन नकट्दै काम प¥यो भनेर गएको विमलाले बताए । प्रधानाध्यापक विश्वनाथ तामाङ भरतपुरमा कागज बुझाउनु छ भनेर नआएको र अर्का शिक्षक काशिराम चेपाङसमेत स्कुलमा थिएनन् ।

यसले हेर्दा विद्यालय खाजा कार्यक्रमले पनि स्कुलमा विद्यार्थी भर्ना प्रभावकारी भए पनि नियमित आउने क्रम भने प्रभावकारी छैन । जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल पनि यो कुरा स्वीकार गर्छन् । “भर्ना कर्याक्रम शतप्रतिशत जस्तै भएको छ”–अर्यालले भने, “विद्यार्थी नियमित आउने क्रम भने केही बढेपनि अझै प्रभावकारी भने हुन सकेको छैन ।”

चितवनको साविक पहाडी गाविसमा सीमान्तकृत समुदायको बसोबास बढी छ । उनीहरुलाई खाने अन्नकै चिन्ता हुने भएकाले पनि पठनपाठन नियमित गर्न समस्या छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको प्रवास संयोजक समिर केसी उनीहरुलाई नियमित स्कुल ल्याउन चेतना अभिवृद्धिका लागि अभियान चलाउनु आवश्यक भएको बताए ।

चितवनमा यो वर्ष १० जना चेपाङविद्यार्थी भएको स्कुलमा खाजा कार्यक्रम छ । यो वर्ष १४२ स्कुलमा झन्डै सात हजार विद्यार्थीका लागि खाजा कार्यक्रम छ । अघिल्लो वर्ष ९४ विद्यालयमा रु दुई करोड बढीको खाजा कार्यक्रम थियो । चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् । यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । रासस

0 Comments