९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षा उपयोगी विशेष श्रृंखला १२

अ अ+ अ-

नेपालका स्थानीय तहको जिल्लागत संख्या

सिनं जिल्ला नगरपालिका गाउँपालिका जम्मा कैफियत
१ ताप्लेजुङ १ ८ ९
२ पाँचथर १ ७ ८
३ इलाम ४ ६ १०
४ झापा ८ ७ १५
५ मोरङ ९ ८ १७ विराटनगरउपमहानगरपालिका
६ सुनसरी ७ ५ १२ धरानरइटहरीउपमहानगरपालिका
७ धनकुटा ३ ४ ७
८ तेह्रथुम २ ४ ६
९ संखुवासभा ५ ५ १०
१० भोजपुर २ ७ ९
११ सोलुखुम्वु १ ७ ८
१२ ओखलढुंगा १ ७ ८
१३ खोटाङ २ ८ १०
१४ उदयपुर ४ ४ ८
१५ सप्तरी ८ ८ १६
१६ सिराहा ६ ११ १७
१७ धनुषा ९ ८ १७ जनकपुरउपमहानगरपालिका
१८ महोत्तरी ४ ११ १५
१९ सर्लाही १० ७ १७
२० सिन्धुली २ ७ ९
२१ रामेछाप २ ६ ८
२२ दोलखा २ ७ ९
२३ सिन्धुपाल्चोक ३ ९ १२
२४ कार्भेपलान्चोक ५ ८ १३
२५ ललितपुर ३ ३ ६ ललितपुरमहानगरपालिका
२६ भत्तपुर ४ ० ४
२७ काठमाण्डौ ११ ० ११ काठमाण्डौमहानगरपालिका
२८ रसुवा ० ५ ५
२९ नुवाकोट २ १० १२
३० धादिङ २ ११ १३
३१ मकवानपुर २ ८ १० हेटौडाउपमहानगरपालिका
३२ रौतहट ३ १३ १६
३३ बारा ६ ९ १५ सिमरारकलैयाउपमहानगरपालिका
३४ पर्सा २ ११ १३ वीरगञ्जउपमहानगरपालिका
३५ चितवन ७ १ ८ भरतपुरमहानगरपालिका
३६ गोरखा २ ९ ११
३७ लमजुङ ४ ४ ८
३८ तनहुँ ४ ६ १०
३९ स्याङ्जा ५ ६ ११
४० कास्की १ ४ ५ पोखरा-लेखनाथमहानगरपालिका
४१ मनाङ ० ४ ४
४२ मुस्ताङ ० ५ ५
४३ म्याग्दी १ ५ ६
४४ पर्वत २ ५ ७
४५ बागलुङ ४ ६ १०
४६ गुल्मी २ १० १२
४७ पाल्पा २ ८ १०
४८ नवलपरासी ७ ८ १५
४९ रुपन्देही ६ १० १६ बुटवलउपमहानगरपालिका
५० कपिलवस्तु ६ ४ १०
५१ अर्धाखाँची ३ ३ ६
५२ प्युठान २ ७ ९
५३ रोल्पा १ ९ १०
५४ रुकुम ३ ६ ९
५५ सल्यान ३ ७ १०
५६ दाङ ३ ७ १० तुलसीपुररघोराहीउपमहानगरपालिका
५७ बाँके २ ६ ८ नेपालगञ्जउपमहानगरपालिका
५८ बर्दिया ६ २ ८
५९ सुर्खेत ५ ४ ९ वीरेन्द्रनगरउपमहानगरपालिका
६० दैलेख ४ ७ ११
६१ जाजरकोट ३ ४ ७
६२ डोल्पा २ ६ ८
६३ जुम्ला १ ७ ८
६४ कालिकोट ३ ६ ९
६५ मुगु १ ३ ४
६६ हुम्ला १ ६ ७
६७ बाजुरा ४ ५ ९
६८ बझाङ २ १० १२
६९ अछाम ४ ६ १०
७० डोटी २ ७ ९
७१ कैलाली ७ ६ १३ धनगढीउपमहानगरपालिका
७२ कञ्चनपुर ७ २ ९
७३ डडेल्धुरा २ ५ ७
७४ बैतडी ४ ६ १०
७५ दार्चुला २ ७ ९
जम्मा २६३ ४८१ ७४४

स्रोत: www.mofald.gov.np बाट प्राप्त विवरणबाट सम्पादित ।

वस्तुगत प्रश्नहरु 

१. “मासअप” भनेको के हो ?

२. राष्ट्रिय सतर्कता केन्द्रको स्थापना कुन कानुनअनुसार भएको हो ?

३.नेपालमा सर्वप्रथम मोवाइलबाट बैंकिङ सेवा शुरु गरेको हो?

४.How can we make Seven even?

५. प्रति ३० मिनेटमा एउटा ट्याव्लेट औषधी खाँदा ५ वटा ट्याव्लेट कति समयमा खाइसकिएला?

 

सही उत्तरहरु:

१. पहिले रेकर्ड/संकलन भएका गीतहरुलाई एकसाथ गाउने तरिका      २. भ्रष्टाचार निवारण ऐन, २०५९

३. कुमारी बैंक                     ४. By taking out “S”          ५. २ घण्टा

 

छोटो प्रश्नोत्तर

१. पेफा (PEFA) को परिचय दिनुहोस् ।

सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधारको कडीका रुपमा प्रयोगमा आएको औजारPublic Expenditure and Financial Accountability संक्षिप्त रुप नै पेफा हो । यसले कुनै पनि देशको सार्वजनिक वित्तीय व्यवस्थापनको अवस्थालाई सुधार गर्न विश्वस्तरमै मान्य खाका प्रस्तुत गरेको छ ।मूलत: यो खाकाले प्रणाली, संरचनारप्रकृया (System, Structure and Process) लाईसमेटेकोछ।पेफाको मूलभूत उद्देश्य भनेको प्रभावकारी वजेट नियन्त्रण र वित्तीय जोखिम व्यवस्थापनबाट समग्र वित्तीय अनुशासन कायम गर्नु, सरकारी नीति अनुसार स्रोतको वाँडफाँड गर्नु, सेवा प्रवाहमा प्रभावकारिता ल्याई Value for money संभव तुल्याउनु हो ।

अर्थ सचिव संयोजक रहने PEFA Steering Committee, PEFA Coordinator लगायतका ८ वटा निकायका प्रतिनिधि रहने PEFA Implementation Committeeका वीचमा रहेर PEFA Secretariat ले सुधार डेस्कको काम गरेको हुन्छ । जिल्लामा District PEFA Implementaion Unit (DPIU) र मन्त्रालय लगायतका केन्द्रिय निकायमा  PEFA Implementation Unit (PIU) ले समेत सुधार पहललाई फराकिलो आधार प्रदान गरेका छन् ।

नेपालको सार्वजनिक वित्तीय व्यवस्थामा सुधार गर्ने पहलका रुपमा PFM Reform Action Plan बनाई एकल खाता कोष प्रणाली, Nepal Public Sector Accounting Standard, Risk based audit जस्ता विषयहरु लागू पनि भए । सुधार प्रयासकै फलस्वरुप सन् २००८ मा भएको पहिलो समीक्षाका तुलनामा सन् २०१४ मा भएको दोश्रो पेफा समीक्षामा धेरैजस्तो सुचकमा सुधार देखिएको पनि छ । वजेट चक्रका सवै चरणहरुमा सुधार गर्नका लागि पेफा सुधारका एजेण्डाहरु केन्द्रित रहेको पाइन्छ । सुधारको छाता अवधारणाका रुपमा पेफालाई नेपाल लगायत धेरै देशले अपनाएको पाइन्छ ।

 

२. चिन्तनशिलताका ६ टोपी (Six Thinking Hats) को संक्षिप्त परिचय दिनुहोस् ।

De Bono भन्ने विद्वानले अघि सारेको सिकाई तथा व्यवस्थापनमा समेत उत्तिकै प्रयोग हुने चिन्तनशिलताका ६ वटा टोपी (Six Thinking Hats)अहिले चर्चामा रहेको हामी पाउँछौँ ।  खासगरी निर्णय निर्माण गर्दा, समूह व्यवस्थापन लगायतका व्यवस्थापकीय कार्यमा उपयोगी हुने चिन्तनका तरिकालाई रंगसमेतबाट संकेत गर्ने ती ६ वटा चिन्तनका HATS यहाँ संक्षेपमा दिइएको छ :

१. सेतो टोपी : आवश्यक पर्ने र संभव भएजति सूचना/जानकारी लिने ।

२. पँहेलो टोपी : आशावादी हुँदै सकरात्मक पक्षको खोजी गर्ने र मूल्यमान्यताको पक्षमा काम गर्ने ।

३. कालो टोपी : राम्रा र नराम्रा पक्षको मिहिन ढंगले लेखाजोखा गर्ने ।

४.रातो टोपी: अनुभूति, स्वतस्फुर्त विचारको ख्याल गरी काम गर्ने ।

५. हरियो टोपी : सिर्जनशिलतामा केन्द्रित हुँदै संभावना, अवसर भएका विकल्प खोज्ने र नयाँ विचार पैदा गर्ने ।

६. निलो टोपी : सोच्ने प्रकृयालाई व्यवस्थित गर्ने । समग्र चिन्तनलाई नियन्त्रण गर्ने ।

यसैसँग सम्वन्धित www.google.com बाट प्राप्त तस्विरसहितको सामग्री समेत तल दिइएको छ ।

 

 

 

नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ११ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको GK & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । सम्पादक 

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://prasashan.com/category/iq-corner/

9 Comments