२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री देउवा सर्वसम्मत सिफारिश

अ+ अ-

भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका छन् ।

एमाले उपाध्यक्ष भीम रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

कांग्रेसका ७ नम्बर प्रदेशका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुला, नारायणप्रकाश साउद कञ्चनपुर क्षेत्र नं २ र रमेश लेखक कञ्चनपुर क्षेत्र नंं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका थिए ।  उनी २०६४ सालको निर्वाचनमा डडेलधुरासँगै तत्कालीन कञ्चनपुर क्षेत्र नं ४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट समेत निर्वाचित भएका थिए ।

अछाम क्षेत्र १ बाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेदवार छनोट भएका रावल सोही निर्वाचन क्षेत्रमा गत संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए । त्यसैगरी प्रधानमन्त्री पत्नी डा आरजु देउवा राणा कैलालीको क्षेत्र नंं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने सम्भावना छ । नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेशका प्रभावशाली नेता लेखराज भट्ट कैलाली क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । यसअघिको निर्वाचनमा उनी कैलालीबाटै पराजित भएका थिए।

यसअघि चारवटा निर्वाचन क्षेत्रमा कब्जा जमाएको काँग्रेस कञ्चनपुरले यसपटक पनि निर्वाचित चारवटै सांसदलाई यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको नेका कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए । क्षेत्र नं २ बाट सिफारिस भएका काँग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखक हाल क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ । उनी पनि तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट प्रतिनिधिसभाका लागि सिफारिस काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभाका लागि जिल्लाबाट उम्मेदवारमा सिफारिश भएका छन् । अघिल्लो निर्वाचनमा बडू एमालेका उम्मेदवारसित पराजित भएका थिए ।

त्यसैगरी, प्रतिनिधिसभाकै लागि नेका डोटी जिल्लाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर सिफारिस भएका छन् । हाल वाणिज्य राज्यमन्त्री रहेका नरबहादुर चन्दलाई नेका बैतडीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका पार्टी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्न मै व्यस्त छन् । ७ नम्बर प्रदेश (सुदूरपश्चिम)मा १६ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । सबैभन्दा बढी कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई र डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरामा एक÷एक क्षेत्र निर्धारण गरिएका छन् ।

यसअघि २१ वटा निर्वाचन क्षेत्र रहेका थिए ।

0 Comments