७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले मन नपराउने काम जनप्रतिनिधीबाट नहोस् : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गरेका हुन् ।

स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमा गम्भिर हुन जनप्रतिनिधीहरुलाई प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

उनले भने, “कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाधक्ष्यले महंगा गाडी किनेको, कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन्, तपाईंहरु जनप्रतिनिधी हो । त्यस कारण जनताले नरुचाउने काम नगर्नुहोस । जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रीत हुनुहोस ।” कतिपय सुविधा कानुनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराएका छन् ।

राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले गाउँपालिकाका जनप्रतिनिधीलाई देश निर्माणको ठुलो जिम्मेवारी भएको बताए । उनले गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधीले धेरै चुनौतिमा काम गर्नु पर्ने बाध्यता रहेको बताए । प्रधानमन्त्री ओलीले भने, जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो, दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो, त्यस कारण देश निर्माणका लागि जनताले तपाईंहरुलाई ठुलो जिम्मेवारी दिएका छन् ।”

सुगम ठाउँहरु नगरपालिका र महानगरपालिका हुने भएकोले त्यहाँका जनप्रतिनिधीलाई केही सहज हुुने तर गाउँ पालिकाहरुमा यस्तो स्थिती नुहने प्रधानमन्त्री ओलीको भनाइ छ ।उनले भने, “दुर्गम भएर नै गाउँपालिका भयो, सुगम भएको भए नगरपालिका भइसकेका हुन्थे ।”

स्थानीय तहका जनप्रतिनिधीका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा बिशेष ख्याल गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस