९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीको बीउ देशभर

अ+ अ-

कैलाली । जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ ।

बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो । सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर, बर्दिया, बाँके, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, डोटी र डोल्पा पठाउँदै आएको छ । सो सहकारीले गहुँ, मसुरो, तोरी र केराउको बीउसमेत उत्पादन गर्दै आएको छ ।

सहकारीका अध्यक्ष रामफल बडायकका अनुसार ८० हेक्टर जमीनमा धान, ९० हेक्टरमा गहुँ, चार हेक्टरमा मसुरो, १० बिघामा तोरीको बीउ तथा एक हजार ८०० क्विन्टल गहुँकको बीउ उत्पादन गरेको छ । गहुँको बीउ अन्य जिल्लामा बिक्री गरिँदै आएको छ । “हाम्रो बीउले किसानको विश्वास जितेको छ,” अध्यक्ष बडायकले भने । चार वर्षअघिसम्म ४०० क्विन्टल बीउ उत्पादन हुने गरेको थियो । अहिले गहुँ र धान पाँच हजार क्विन्टलसम्म उत्पादन हुन्छ ।

सहकारीसँग दुई ग्रेडिङ मेशिन, एक हजार आठ क्विन्टल क्षमताको एउटा तथा पाँच÷पाँच सय क्विन्टल क्षमताका दुई गोदाम रहेको छ । कृषि व्यापार आयोजना प्याक्ट र कृषि विकास कार्यालयले एउटा/एउटा तथा अर्को गोदाम रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोगमा निर्माण गरिएको हो । हाल सो सहकारीमा ५४ कृषक आबद्ध छन् । कृषकले एक बिघादेखि पाँच बिघासम्ममा खेती गर्दै आएका छन् । वि. सं. २०५७ मा ५४ कृषकको समूहले बीउ उत्पादन थालेको हो । वि.सं. २०६२ सालमा दर्ता भएको उक्त सहकारीले बीउ उत्पादनसँगै कृषकलाई व्यावसायिकसमेत बनाएको छ ।

“कृषकले उत्पादन गरेको बीउ जिल्ला समन्वय समितिले निर्धारण गरेको मूल्यमा खरीद गर्ने गरेका छौँ,” अध्यक्ष बडायकले भने, “सुपथ मूल्यमासमेत बेच्ने गरेका छौँ । यसले सबैलाई राहत पुगेको छ ।” सहकारीलाई क्षेत्रीय कृषि अनुसन्धान केन्द्र नार्क खजुरा, बाँकेले निःशुल्क बीउ उपलब्ध गराउने गरेको छ । “सहकारीले निःशुल्क पाएको बीउ सहकारीमा आबद्ध किसानलाई निःशुल्क वितरण गर्छौँ,” व्यवस्थापक गोविन्दराज रावतले भने ।

पछिल्लो समय किसान जग्गा भाडामा लिई खेती गर्न थालेका छन् । स्थानीय कृषक दिलीप रावत तीन बिघा जमीन भाडामा लिई गहुँखेती गर्दै आएको बताउँछन् । “बजारको समस्या छैन । बीउ पनि सहकारीमै किन्न पाइन्छ । उत्पादन पनि सहकारीले नै किनिदिन्छ ।” सहकारी स्थापना भएपछि मुनुवाका किसानले कृषिलाई मुख्य पेशा बनाएका छन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फका बागवानी अधिकृत पुष्पराज खनालका अनुसार सो आयोजनाको क्षेत्रमा झण्डै ५० कृषि सहकारी छन् । पाँच सहकारीले बीउ वृद्धिको काम गरिरहेका छन् । सहकारीलाई साविकको मुनुवा गाविसले नौ कट्ठा जमीन उपलब्ध गराएको छ । त्यही जमीनमा सहकारीले गोदाम र सहकारी सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस