१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित

अ+ अ-

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन् । यहाँको वडा नं ३, ४ र ५ का किसानले खेतबारीमा लगाएको सुन्तलाका बोट सुक्न थालेपछि किसानलाई चिन्ता थपिएको हो ।

सुन्तला उत्पादनको हिसाबले यस क्षेत्रको रुघा र खारालाई जिल्लामै पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । तर यो वर्षदेखि यहाँका धेरैजसो किसानको सुन्तलाका बोट सुक्दै गएको सुन्तला किसान जयबहादुर सुनारको भनाइ छ । उनका अनुसार यो वर्षको बर्खा सकिएसँगै सुन्तलाका बोट सुक्न थालेको र पातसमेत पहेलै भएर झर्न शुरु गरेको बताइएको छ ।

सुनारले गाउँमा सुन्तलाको उत्पादन राम्रो देखिएकाले दुई वर्षअघि २५० वटा सुन्तलाको बेर्ना खेत र पाखो बारीमा लगाएको जानकारी दिए । तर यो वर्ष आफूले लगाएको सबै सुन्तलाको बोट सुक्न थालेकाले आजभोलि निद्रा नै लाग्न छाडेको सुनार बताउछन् ।’सुन्तलाको खेती शुरु गरेसँगै राम्रो आम्दानी हुने अनुमान गरेको थिएँ, तर अब त्यो सम्भावना रहेन,’ उनले भने । हामीलाई जस्तो चिन्ता त अरू कसलाई होला ? सुनारको दुखेसो छ ।

त्यस्तै वडा नं ५ का खिमबहादुर ओलीलाई पनि सुन्तलाको बोट सुक्दै गएकाले ठूलो चिन्ता थपिएको छ । उनले ५ वर्षअघि खेत र पाखो बारीमा ५०० भन्दा बढी सुन्तलाका बोट लगाएका थिए  । रु ५० का दरले खरीद गरेर अन्नबाली उत्पादन हुने ठाउँमा लगाइएका सबै सुन्तलाका बोट हाल सुक्न थालेपछि ओलीलाई पनि सुन्तला खेतीले निराश बनाएको छ । ‘यस वर्षबाट खेतबारीमा लगाइएका धेरैजसो सुन्तला फल्न शुरु गरेका थिए, तर एकाएक बोट नै सुक्न थाले,’ उनले भने ।

सुन्तला खेतीबाटै घरपरिवारको खर्च टार्ने गरी अन्नबालीको खेती छाडेका यस क्षेत्रका केही किसानलाई यस वर्षदेखि सुन्तला खेतीले थप चिन्ता थपिदिएको छ । सुन्तला उत्पादनका लागि यहाँको उपयुक्त हावापानी र पर्याप्त माटो हुँदासमेत सुन्तलाका बोट सुकेर गएकाप्रति किसान आश्चर्यमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको सुन्तला जिल्लाको विभिन्न बजार र सदरमुकाम मुसिकोटमा समेत पुग्ने गर्दछ ।रासस

प्रतिक्रिया दिनुहोस