१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा आसपासमा चरा पर्यटन

अ+ अ-

पोखरा । हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

‘ ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,’विगत २६ वर्षयता चरा गाइडका रुपमा काम गर्दै आएबा हरि केसी भन्छन् ।

हरिया वनजङ्गलका साथै तालतलैयाका कारण पोखरा र आसपासमा विभिन्न प्रजातिका चरा पाइने उनले जानकारी दिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये लगभग ३ प्रतिशत चरा हेर्नकै लागि आउने गरेको बताउँदै केसीले तीमध्ये अधिकांश पर्यटक पोखरा आउने गरेको जानकारी दिए ।

विदेशी मुलुकमा चरा अवलोकनले व्यावसायिक पर्यटनको रुप लिइसकेको छ । नेपालमा भने यसको विकास क्रमिक रुपमा अघि बढ्दै छ । पछिल्ला वर्षमा चराको सङ्ख्या घट्दै गएको बताइएको छ । चरा गाइड केसीले भने, ‘पहिला पर्यटकलाई चरा देखाउँदै हिँड्दा दिनमा नै दुई सय ३५ प्रजातिसम्म म आफैले देखाउने गरेको थिएँ, अहिले भने लगभग एक सय २५ प्रजाति मात्रै देखाउन सकिन्छ ।’

बढ्दै गएको प्रदूषण, रुख कटानी एवं वातावरणमा आइरहेको परिवर्तनले विभिन्न प्रजाति हराउँदै गएको अनुमान छ । फेवातालको किनारमा खोलाले बगाएर ल्याएका प्लास्टिकजन्य फोहरको डङ्गुरले वरपर पाइने चराचुरुङ्गीलाई असर गर्ने गरेको छ । बढ्दो प्रदूषणसँगै जाडो छल्न फेवाताल किनारमा साइबेरीयादेखि आउने चराका प्रजातिको सङ्ख्या पनि वर्षेनी घट्दै गएको केसीले जानकारी दिए ।

पहिले फेवातालमा २९ प्रजातिका हाँस पाउने गरिएकोमा अहिले उक्त सङ्ख्या घट्दै गएको छ । पोखराको रानीवन, फिष्टेल बगैचा, फेवातालको सिमसार, सराङ्कोट, नौडाँडा, छिनेडाँडा, कमलपोखरी, लेखनाथका बेगनास, रुपा, खास्टे, मैदी, दीपाङलगायतका ताल तथा स्थानमा धेरै प्रजातिका चरा पाइन्छन् ।

पक्षी संरक्षण समाज कास्कीका सचिव हेमन्त ढकालका अनुसार पोखरा आसपासमा पानीमा रहने चराका ४६३ प्रजाति पाइन्छन् । जाडोको समयमा अन्य स्थानबाट १५० प्रजातिका चरा आउँछन् भने गर्मीमा २४ प्रजातिका चरा आउँछन् । फेवातालमा मात्रै ४५ प्रजातिका पानी चरा पाइने ढकालको भनाइ छ ।

चरा अवलोकनका लागि २ साताअघि पोखरा आएका ८१ वर्षीय अमेरिकी प्रोफेसर डग चेसम्यानले चराका लागि स्वच्छ एवं शान्त वातावरण आवश्यक हुने बताए । फेवाताल किनारामा श्रीमतीसहित भेटिएका उनले चराको अवलोकनसाथै पोखराबाट देखिने हिम शृङ्खला, ताल र आसापासको प्राकृतिक सौन्दर्यताले निकै आनन्दित बनाएको सुनाए । प्रकृतिको अनुपम सुन्दरतालाई जोगाउन नसकेकोमा भने उनले चिन्ता व्यक्त गरे।

पानी, वनजङ्गल आदिका कारण पोखरा आसपासको क्षेत्र चरा पर्यटनमा पनि उत्तिकै महत्वपूर्णस्थल रहेको पक्षी संरक्षण समाज कास्की सदस्य कृष्णमणि बरालले बताए । उनका अनुसार विभिन्न प्रजातिका चरा पाइने यस क्षेत्रमा चराको संरक्षण गर्न सके मात्र पनि यसको अवलोकनका लागि आउने पर्यटकको बसाइ थप लम्ब्याउन सकिन्छ ।

पोखरा नजिकै तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दुरीको मिलेनियम ट्रेकका अधिकांश भूभाग घना वनजङ्गलयुक्त रहेको र ती जङ्गलमा धेरै प्रजातिका चरा पाइन्छ । मिलेनियम ट्रेक पदयात्रासहित चरा पर्यटनको विकासमा पनि सम्भावनायुक्तस्थल रहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।

‘मिलेनियम ट्रेक अन्तर्गत स्याङ्जाको सादी खोलाबाट गहते मनाकानासम्म झण्डै ५८ किमि दुरीमा घनाजङ्गल एक लहरमा जोडिएको छ,’ उनले भने, ‘पोखरा आउने पर्यटकलाई यस क्षेत्रमा पदयात्रा गराउँदै यहाँबाट देखिने हिम शृृङ्खला सहितका रमणीय दृश्य अनि चराचुरुङ्गी पनि अवलोकन गराउन सकिन्छ ।’

समुद्री सतहबाट एक हजारदेखि एक हजार ५०० मिटरको उचाइमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर पोखरा क्षेत्रमा देख्न सकिने विगत १५ वर्षयता चरा गाइडका रुपमा काम गर्दै आएकी सुनिता गुरुङ (सानु)ले बताइन् । उनीका अनुसार काँडे भ्याकुरसहित अन्य विभिन्न प्रजातिका चरा अवलोकन गर्न पोखरा आसपासका वनजङ्गलका साथै नजिकैको मिलेनियम ट्रेक महत्वपूर्ण गन्तव्य बन्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस