१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड

अ+ अ-

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले २ चरणमा निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ ।

कम्पनीले कर्मचारी संञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर निष्कासन गरेको थियो । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म शेयर पाएका छन् ।

पचासदेखि ९० कित्ता माग गर्ने २४ हजार ८६६ सञ्चयकर्ताले माग अनुसारको शेयर प्राप्त गरेका छन् भने १०० देखि ५०० कित्ता माग गर्ने एक लाख १४ हजार ९१२ सञ्चयकर्ता सबैलाई ९० कित्ता र ४ हजार ५४३ सञ्चयकर्तालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्तासहित १०० कित्ता शेयर बाँडफाँड भएको छ ।

एक लाख ३९ हजार ८०० सञ्चयकर्ताले साधारण शेयरका लागि आवेदन गरेका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । जसमध्ये १ लाख ३९ हजार ७७८ आवेदन मात्र स्वीकृत भएको थियो ।

दोस्रो चरणमा निष्कासन गरिएको शेयर संस्थापक सङ्गठित संस्थाका ५७३ कर्मचारीले ५० देखि २५० कित्ता माग गर्नेले माग गरेअनुसारकै शेयर पाएका छन् । २६० देखि ५०० कित्ता माग गर्ने सात हजार ८६६ जनामध्ये छ हजार १५४ जनाले २५० कित्ता र एक हजार ७१२ जनाले गोलाप्रथाको माध्यामबाट थप १० कित्तासहित २६० कित्ता शेयर पाएका छन् ।

संथापक संगठित संस्था नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, नेपाल अरनिको हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिका आठ हजार ४३९ कर्मचारीले शेयर आवेदन गरेका थिए ।

कम्पनीले सञ्चयकर्ताका लागि गत कात्तिक २८ देखि मङ्सिर १४ गतेसम्म र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि गत मङ्सिर १९ देखि २६ गतेसम्म खरिद आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस