काठमाडौं । धादिङ्ग घर भई हाल चन्द्रागिरी नगरपालिका-६ मातातिर्थ बस्ने १५ वर्षीया बालिकालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा कैलाली अत्तरिया नगरपालिका-६ घर भएका ३३ बर्षीय डब्बल बहादुर बोहोरा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका-६ महालक्ष्मीस्थान नजिक बालिकालाई अपरिचित व्यक्तिहरुले त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।