१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहदेव बस्नेतको ‘सहकारी ज्ञानसागर’ विमोचन

अ+ अ-

काठमाडौं । बैकिङ क्षेत्रमा कार्यरत एवम् सहकारी विद् शहदेव बस्नेतको पुस्तक ‘सहकारी ज्ञानसागर’को काठमाडौंमा एक कार्यक्रम बीच लोकार्पण गरिएको छ । पूर्व उपप्रधान एवम् गृह मन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् भुकम्प पुनर्निर्माण आयोगका पूर्व कार्यकारी प्रमूख प्रा.डा. गोविन्द पोख्रेल सहभागी भएका थिए ।

कार्यक्रममा वक्ताको रुपमा गरीबी निवारण कोषका पूर्व उपाध्यक्ष एवम् राष्ट्रिय योजना आयोग तथा सार्क गरीवी निवारण विज्ञ डा. वाइ.बी. थापा, राष्ट्रिय सहकारी बैकका सञ्चालक तथा सहकारी विज्ञ के.बी. उप्रेती, सहकारी महासंघ, काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईं, मेघा बैङका डिजिएम तुलसी राम पोखरेल आदिको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै सहकारी महासंघ, काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईले नेपालमा हालसम्म ३४,५०० सहकारी संस्था स्थापना भइसकेको र यस्ता सहकारी सञ्चालन सम्बन्धी पुस्तकको अभावको बीचमा यो पुस्तक प्रकाशित हुनु धेरै राम्रो भएको र पुस्तकको भविष्य उज्जल रहेको बताए ।  राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् सहकारी विज्ञ के.बी. उप्रेतीले प्रत्येक सहकारीको सही सञ्चालन चुस्त र दुरुस्त आर्थिक प्रशासनको लागि यो पुस्तक अन्त्यन्त उपयोगी रहेको तथा, सहकारी मार्फत देशको आर्थिक समृद्धिको लागि यो पुस्तकले सहयोग गर्ने कुरा बताए ।

अर्का वक्ता डा.वाइ.बी. थापाले पुस्तक छोटो समयमै पढ्न सकिने भए पनि यसमा धेरै कुरा समावेश गरिएको र यसलाई हरेक विश्वविद्यालयले स्नातकोत्तर तहको एउटा पाठ्यक्रमको रुपमा पनि राख्न सकिने कुरा बताएका छन् । साथै यो पुस्तक सहकारी सञ्चालक, विद्यार्थी र सबै तहका सहकारी कर्मीको लागि उपयोगी हुने कुरा पार्ने बताए ।

अर्का वक्ता प्रा.डा. गोविन्द पोख्रेलले सहकारी मार्फत पुँजीको परिचालन गरिनु पर्दछ र यसको लागि यो पुस्तक एक उत्तम सहयोगी सावित हुन्छ भन्ने कुरा बताए ।  कार्यक्रमका प्रमुख अथिति बामदेव गौतमले पुँजीलाई सहकारीको मार्फत परिचालन गर्दा सामन्तीवर्गबाट पनि पुँजीको सुरक्षा गर्न सकिन्छ र ज्ञानै ज्ञानले भरिएको यो पुस्तकले सहकारी सञ्चालनको सही विधि र राष्ट्रिय आर्थिक विकासको क्षेत्रमा सहकारीको महत्व अझ दर्साउने कुरा बताए । साथै गौतमले अव राज्यले वित्तिय सहकारी भन्दा पनि उत्पादक सहकारी स्थापना र सञ्चालनलाई विशेष प्राथमिकता राख्नु पर्ने कुरा पनि बताएका छन् ।

कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सञ्चालीत उक्त कार्यक्रम निर्विकजंग रायमाझीले सञ्चालन गरेका थिए भने कार्यक्रमका सभापति तथा प्रकाशक संस्था शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । २०८ पृष्ठ रहेको पुस्तक सहकारी ज्ञानसागरको मूल्य ३२५/– रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस