पाल्पा । तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका झुम्सामा बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-३ पुर्तिघाट घर भएका २१ बर्षीय सुनिल थापाको बिहीबार बेलुका मृत्यु भएको छ । करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका थापाको लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।