१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सफलताका कथाहरु नामक पूस्तक सार्वजनिक

अ+ अ-

डोटी । अपाङ्ग सेवा संघ डोटीले अपाङ्गताका भएका ब्यक्तिहरुको जिवनमा आधारित ‘सफलताका कथाहरु’ नामक पूस्तक शुक्रबार सिलगढीमा सार्वजनिक गरेको छ ।

विभिन्न कारणले अपाङ्गता भएका ३ जना बालबालिकाहरुको सफल उपचार सफलता र २ जना आय आर्जनमा सफल व्यवसायीका कथाका साथै अपाङ्गता सम्बन्धमा विभिन्न जानकारी समेत उक्त पुस्तकमा समेटिएको छ ।

उक्त पुस्तकमा डोटीको बोगटान गाउँपालिका १ सिमचौरका १४ वर्षीय केशर सिं कुडमाल, पूर्वीचौकी गाउँपालिका ४ सानागाउँका १३ वर्षीय कला खड्का र बोगटान गाउँपालिका २ केदारअखडाका १४ वर्षीया शेर बहादुर साउँदको शारीरिक अपाङ्गताको पूर्ण उपाचार सफलताको कथा समेटिएको छ ।

त्यस्तै अपाङ्गता भएर पनि कुखुरापालनमा सफल व्यवसायी दिपायल सिलगढी नगरपालिका ४ राजपुरका शारदा बिष्ट र चिया नास्ता पसलबाट सफलता हात पारेका शिखर नगरपालिका २ मुडेगाउँका लक्ष्मण जैशीकोे सफलताको बारेमा समेटिएको छ ।

पुस्तक सार्वजनिकरण गर्दै कार्यक्रमकी प्रमुखी अथिती एवं जिल्ला समन्वय समिति डोटीकी उप प्रमुख शसी शोपले अपाङ्गता क्षेत्रमा सफल उद्यमी र सफल उपचारहरुका बारेमा समेटेर पुस्तक प्रकाशन गर्दा अन्य अपाङ्गता भएका र सपाङ्गता भएका ब्यक्तिहरुको लागि पनि उदाहणीय कार्य भएको बताईन् ।

कार्यक्रमका विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख शिवराज खड्काले जिल्लामा अपाङ्ग सेवा संघले खेलेको भूमिका सह्रानीय भएको बताए । साथै नयाँ संरचना अनुसार स्थानीय तहमा नगरपालिकामा उप–प्रमूख तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा अपाङ्गता समन्वय समिति बन्ने प्रावधान भएकोमा उक्त समितिले कामको थालनी गर्न नसकेकोमा तत्काल सक्रिय बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रोशन बोगटीले अपाङ्गता भएका व्यक्तिहरुका बारेमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए । अपाङ्ग सेवा संघले गत आर्थिक वर्षमा मात्रै १० जना अपाङ्गता भएका बालबालिकाको सफल उपचार गराएको हो । डोटीमा हाल सम्म अपाङ्गता भएका व्यक्तिहरुको एकिन तथ्याङ्क संकलन हुन सकेको छैन् ।

जिल्लाका सरोकारवाला,जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी, पत्रकार, अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा पुस्तक सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस