२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालद्वारा चीन १० विकेटले पराजित

अ+ अ-

काठमाडौं । आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।

आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो । चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी नेरी थापाले दुई र करुणा भण्डारीले तीन विकेट लिइन् । नेपालका लागि करुणाले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन् । नेरीले चार ओभरमा दुई ओभर मेडन राख्दै छ रन मात्र दिएर दुई विकेट लिइन् ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय टोली शुक्रबार त्यसतर्फ गएको हो । नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी थाइल्यान्ड गएका छन् । नेपाली टोलीमा रुविना क्षेत्री (वेलवासे) को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उप–कप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सब्नम राई रहेका छन् । रासस