९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मित्रता साट्न मैत्रीपूर्ण भलिबल

अ+ अ-

डोटी । राष्ट्रसेवक कर्मचारी र नागरिकहरुबीचको मित्रतालाई साटासाट गर्न डोटीमा शैलेश्वरी मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयेजना गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति डोटी र दिपायल सिलगढी नगरपालिकाको सहयोग तथा रुद्धध्वज गणको आयोजनामा शनिबार जिल्ला सदरमुकाम सिलगढीमा संचालन गरिएको प्रतियोगितामा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रसेवक कर्मचारी र नागरिकहरु बीचको मित्रतालाई साटासाट गरी साबिकको सम्बन्धलाई प्रगाढ सम्बन्ध बनाई खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस भन्ने उद्देश्यका साथ मैत्रिपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रन्तकेशर खड्काले बताए । उनले भने “भलिबल प्रति स्थानीयको मोह, यहाँको हावापानी र भौगोलिक बनावट अनुसार यस क्षेत्रमा उपयुक्त छ यस्ता खालका कार्यक्रममा हामी पनि सहकार्य गर्न तयार छौं” यस्ता खालका गतिविधि र खेलकुद, सामाजिक सेवामुलक कार्यहरुमा सहकार्य गर्न तयार रहेको समेत प्रमुख सेनानी खड्काले बताए ।

मैत्रीपुर्ण कार्यक्रम तथा खेलकुदको आयोजना हुदाँ कर्मचारी र नागरिकहरुमा एक खालको उत्साह थपिने कार्यक्रमका विशिष्ट अतिथी एवं प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । उनले भने “मैत्रीपूर्ण क्रियाकलापले दुई पक्ष बीचको सम्बन्ध साबिकको भन्दा थप प्रघाढ त बन्छ नै त्यसमा अझ खेलाडी र दर्शकहरुमा एक खालको नयाँ उत्साह थपीन समेत सहयोग पुग्छ ।” समाज परिवर्तन र सामाजिक दिगोविकासमा पनि स्थानीय निकायहरुले यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक रहेको समेत प्रजिअ सुबेदीले बताए ।

बालक देखि बृद्ध सम्म सबैकालागि खेलकुद आवश्यक रहेको कार्यक्रमकी प्रमुख अथिती एवं दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासीले बताईन् । उनले भनिन“ खेलकुद भन्ने कुरा कसले खेल्ने कसले नखेल्ले भन्ने छैन सबैको लागि महत्वपुर्ण छ भलिबल लगायत खेलकुदको प्रवद्र्धन, विकासमा म सदैब लागी पर्नेछु ।”

नागरिकहरुको प्रतिनिधित्व गर्दै जिल्ला भलिबल संघ र निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीबाट प्रतिनिधित्व गर्दै राष्ट्रसेवक कर्मचारीहरुको समुहबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघको टिमले राष्ट्रसेवक कर्मचारीहरुको टिमलाई पराजित गरेको हो ।

मैत्रीपूर्ण खेलमा बिजई टिमलाई नगद रु २५ हजार सहित प्रमाण पत्र मेडल र प्रतिश्पर्धी पराजित टिमलाई नगद १५ हजारसहित प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । त्यसैगरी वेस्ट प्लेयर २ जना जिल्ला भलिबल संघका खेलाडी डम्मर भटराई र राष्ट्रसेवक कर्मचारीहरुको टिमका खेलाडी रुद्धध्वज गणमा कार्यरत ओमराज बुढालाई नगद रु ५ हजार सहित प्रमाणपत्र, मेडल प्रदान गरिएको हो साथै खेल संचालनमा सहयोग गरेवाफत जिल्ला प्रशासन, दिपायल सिलगढी नगरपालिका, जिल्ला खेलकुद बिकास समित, पद्म पब्लीक मुक्तिनाराण माबि र जिल्ला भलिबल संघलाई कदर पत्रले कदर गरेको आयोजक रुद्धध्वज गणले जानकारी दिएको छ ।

पद्म पब्लीक मुक्तीनारायण माध्यामिक विद्यालयमा भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, राजनीतिकदल, पत्रकार नागरिक समाज लगायत स्थानीयबासी खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस