११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो

अ+ अ-

मेक्सिको सिटी । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

घाइते हुनेको संख्या अझै पनि ७४ रहेको छ भने तीमध्ये ५० जनाको हिडाल्गोमा रहेको अस्पतालमा र अरु २४ जनाको मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा तेल पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल निकाल्ने क्रममा भएको विस्फोटमा परी स्थानीयबासीको मृत्यु भएको हो ।

श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ ।

‘मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गरेका थिए ।’सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन ।’

स्थानीय सरकारी अधिकारीहरुका अनुसार पाइपलाइन विस्फोट भएका बेला छ सयदेखि आठ सयसम्म स्थानीय बासिन्दा भेला भएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस