२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वतन्त्र पत्रकारिताको पक्षमा बहस आवश्यक : मुख्यमन्त्री पोखरेल

अ+ अ-

घोराही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रेस बलियो नभए लोकतन्त्र पनि बलियो नहुने बताएका छन् ।

लोकतन्त्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै मिडिया बिना लोकतन्त्र धरापमा पर्ने धारणा राखे । ‘लोकतन्त्र सुरक्षित गर्न नसके मिडिया पनि अपाङ्गजस्तै बन्छ’, उनले भने ।

पत्रकार महासंघ प्रदेश नम्बर ५ ले आयोजना गरेको दुई दिने प्रादेशिक सञ्चार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अब पत्रकार महासंघले स्वतन्त्र पत्रकारिताको पक्षमा व्यापक बहस चलाउनुपर्ने भन्दै गतल नियतले सञ्चार माध्यममा लगानी गर्नेलाई रोक्न पहल गर्नुपर्ने बताए । नियतका साथ नभई मुद्दा र विषयवस्तुको आधारमा सञ्चार माध्यममा समाचार र सूचना आउनुपर्ने धारणा राखे ।

‘एउटा पत्रकारले सम्पादकको दबाबबिना र एउटा सम्पादकले लगानी कर्ताको प्रभाव बिना समाचार लेख्ने हैसियत राख्छकी राख्दैन ?’ उनले प्रश्न गर्दै भने, ‘सञ्चार क्षेत्रलाई लगानीकर्ताको प्रभावबाट मुक्त गराउन सके पत्रकार महासंघको गरिमा बढेर जान्छ ।’उनले पछिल्लो समय विज्ञापनसँग समाचार साटिन थालेकोप्रति चिन्ता व्यक्त गरे ।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले राष्ट्रियताको पक्षमा महासंघको पहिलो प्राथमिकता रहने बताए । कार्यक्रम प्रदेश नम्बर ५ का १२ जिल्लाका पत्रकारको सहभागिता छ । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रादेशिक संरचनामा मिडिया, सामुदायिक रेडियोसहित पत्रकार र पत्रकारिता क्षेत्रबारे छलफल हुने बताइएको छ ।