२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनमा पर्यापर्यटन प्रवर्द्धन गर्न कार्यविधि

अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवर्द्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ ।

‘सामुदायिक वनमा पर्यापर्यटन प्रवर्द्धन कार्यविधि, २०७५’ ले सामुदायिक वनमा जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको मौलिक सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा टेवा पुग्ने गरी पर्यापर्यटन सञ्चालन गर्न योगदान पुग्ने छ ।

सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गरी जैविक विविधता संरक्षण, दिगो वन व्यवस्थापन र स्थानीय तथा राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यका साथ कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।

समूह र सहकारी, स्थानीय तह वा निजी क्षेत्र (जहाँ जुन सम्भव छ) को व्यावसायिक साझेदारीमा पर्यापर्यटन व्यवसाय सञ्चालन गरी स्थानीयस्तरमा संरक्षण तथा समृद्धि हासिल गर्ने कार्यविधिको उद्देश्य रहेको छ ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले सामुदायिक वनमा स्थानीय समुदायको वातावरणीय सेवा प्रतिको निर्भरता बढ्नुका साथै रोजगारी र आयआर्जनको स्रोत बन्दै गरेको अवस्थामा कार्यविधि जारी गरिएको बताए । उनले भने,’कार्यविधिको व्यवस्थाले मुलुकभित्रै घुम्न नयाँ पर्यटकीय गन्तव्यको निर्माण भई पर्यापर्यटनको विकास हुनेछ ।’

कार्यविधिले पर्यापर्यटन व्यवसायलाई वन उपभोक्ता समूहको वैकल्पिक आयस्रोतको रुपमा स्थापित गरी आम्दानी र रोजगारीका अवसर सहितको वातावरणमैत्री विकासमा योगदान पुर्‍याउनेछ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका महासचिव विर्षबहादुर शाहीले कार्यविधि जारी भएसँगै सामुदायिक वनलाई संरक्षण इकाइका रुपमा मात्र नभइ उद्यमशील एकाइका रुपमा पनि विकास गर्नुपर्ने आफूहरुको माग सम्बोधन भएको बताए ।

मन्त्रालयको आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रममा उल्लेखित सामुदायिक वनमा पर्यापयर्टन कार्यक्रमसमेत यसै कार्यविधिअनुसार कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ । मुलुकमा हाल २२ हजार २६६ सामुदायिक वन उपभोक्ता समूह छन् ।