२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयता कार्यान्वयन गर्न सरकार सफल छ : सञ्चारमन्त्री बाँस्कोटा

अ+ अ-

राँझा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताए । मंगलबार नेपालगञ्जमा प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन भएको बताए ।

यो वर्ष सङ्घीयता कार्यान्वयन गर्ने वर्षका रुपमा रहेको उल्लेख गर्दै यो अवधिमा सङ्घीयता कार्यान्वयनका लागि १०९ वटा कानून संशोधन गरेको र ५५ वटा कानून विधेयकका रुपमा संसद्मा पेश भएको उनले जानकारी दिए । “सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार भएको छ, पारवहन सन्धि, रेल र पानीजहाज कम्पनी खुल्दैछन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध विस्तार भएको छ, अब छिट्टै लगानी सम्मेलन गरिनेछ ।”

यो वर्ष सरकारले अगाडि सारेको सामाजिक सुरक्षा योजना अत्यन्तै सफल कार्य भएको उल्लेख गर्दै उनले यसमा ६०० बढी रोजगारदाता समाहित भएको बताए । “मुलुकभर सडक विस्तार, विमानस्थल निर्माण तथा विस्तार भएका छन् । अब विद्युतीय बस पनि सञ्चालन हुनेछ”, मन्त्री बाँस्कोटाले भने । “अहिले निराशा फैलाउने बेला होइन, लोकतन्त्रको कुनै विकल्प छैन, हामीले स्रोत साधन र क्षमताको पूर्ण प्रयोग गरिरहेका छौँ”, मन्त्री बाँस्कोटाले भनेयो, “ढिला हुनसक्छ तर राम्रा काम भइरहेका छन्, हामीले उधारा योजना बाँडेका छैनौँ ।”

प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले सरकारले राम्रो काम गर्दागर्दै पनि सबै बिग्रियो भनेर नकारात्मक तरिकाले प्रचार गरिएको बताए । पत्रकारको मागअनुसार नै श्रमजीवी पत्रकार ऐन लागू गर्न खोजिएको उनको भनाइ छ । लोककल्याणकारी विज्ञापनको दायरा बढाउने र विज्ञापनलाई व्यवस्थित गर्ने सोचमा सरकार रहेको मन्त्री बाँस्कोटाले उल्लेख गरे ।