२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै

अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना अधिकारी गणेश कर्माचार्यले जानकारी दिए ।

हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलबाट दुई किलोमिटर टाढा दीर्घकालीन रुपमा फोहर विसर्जन स्थल निर्माण गर्न लागिएको हो । निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जन स्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएको थियो ।

मङ्गलबार महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीले पनि वातावरण व्यवस्थापन विभागका अधिकारीसहित फोहरको अन्तिम व्यवस्थापन र निर्माणाधीन स्थलको अवलोकन गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलसहितको टोलीले बञ्चरे डाँडाकोे पूर्वाधार सक्दो चाँडो सक्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ ।

अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा फोहर व्यवस्थापन गरिँदै आएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।