२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोचेजस्तो विकासको काम अघि बढाउन सकेनौँ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार गठन गर्दा सोचेको जति विकास निर्माणको काम अघि बढाउन नसकेको स्वीकार गरेका छन् ।

नेपाल प्रेस सङ्गठन गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार गठन भएलगत्तै एक वर्षभित्रमा गण्डकी प्रदेशले भौतिक पूर्वाधारको विकासमा फड्को मार्ने योजना बनाएको भए पनि नीतिगत समस्याका कारण सोचेजस्तो काम हुननसकेको स्वीकार गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले चालू आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशत पूँजीगत अनुदानतर्फको बजेट खर्च गर्ने लक्ष्य सरकारले लिएको बताए ।’असारको मसान्तसम्ममा हामी ८० प्रतिशत पूँजीगत अनुदानको बजेट खर्च गर्छौँ’, उनले भने, ‘भर्खरै सिक्दै गरेको प्रदेश सरकारले यति गर्नु नराम्रो होइन तर हामीले यो भन्दा धेरै नै सोचेका थियौँ ।’ उनले भने ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले जहिले पनि स्थानीय तहका सरकारसँग समन्यव गरेर विकास निर्माणको काम अघि बढाउन चाहेको भए पनि स्थानीय सरकारले भने हस्तक्षेपको रुपमा लिने गरेको उल्लेख गर्दै गण्डकी प्रदेशले कृषि, पर्यटन, सडक पूर्वाधारका विकासलगायतका काम स्थानीय सरकारसँगको साझेदारीमा गर्न भएको बताए ।

उनले भने, ‘हामीले त्यसैका लागि प्रदेशभित्र स्थानीय तहसँग साझेदारी गर्दै होमस्टेको विकास, कृषि सङ्कलन केन्द्रको स्थापना, कृषि फार्मका लागि अनुदानका कार्यक्रम ल्याएका छौँ ।’

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशभित्र सबै गाउँपालिकामा शीतभण्डार निर्माण गर्ने योजना स्थानीय तहसँगको साझेदारीको नमूना भएको दाबी गरे । उनले प्रदेश सरकारले प्रदेशभित्र शुरु गरेका विकास निर्माणका कामको निरन्तर अनुगमनका लागि मुख्यमन्त्रीकै नेतृत्वमा टिम निर्माण गर्न लागेको जानकारीसमेत दिए ।

मुख्यमन्त्री गुरुङले भने, ‘अब आयोजनामा कति बजेट विनियोजन भयो भन्ने मात्र होइन, हामी विशेष अनुगमनकक्षको निर्माण गरी प्रदेशभित्र भएका विकास योजनाको त्यहीबाट निरन्तर अनुगमन गर्ने गरी काम शुरु गर्दैछौं ।’