९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया

अ+ अ-

नुवाकोट । जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरमा मोतियाविन्दुको कारण आँखाको ज्योति गुमाएका सातको शल्याक्रियापछि आँखा देख्न सक्ने समेत भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख शङ्कर अधिकारीले जानकारी दिए ।

ग्रामीण भेगमा रहेको आँखाका बिरामीलाई सहजरूपमा शल्यक्रियासहितको उपचारको व्यवस्था गर्न शिविर आयोजना गरिएको हो । शुक्रबार सम्पन्न शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रचनासिंह राणासहितको २० जनाको टोली खटिएको थियो ।

माघ १७ गतेबाट जिल्लाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा दुई हजार २०७ जनाको आँखा परीक्षण भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए । जिल्लामा १२ स्थानमा आँखा शिविर सञ्चालन गरिएको अधिकारीले बताए। आँखा शिविर जिल्लामा भद्रुटार, पञ्चकन्या, राउतबेँसी, हल्देकालिका, देउराली, मदानपुर, चौघडा, किम्ताङ, भाल्चे, दाङसिङ, देवीघाटमा सञ्चालन भएको थियो ।

उक्त शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने आँखाका २२६ बिरामीको पहिचान गरिएको थियो भने नुवाकोट सामुदायिक आँखा केन्द्रमा आँखा परीक्षणको क्रममा मोतियाविन्दु भएका भेटिएका सहित तीनदिने शिविरमा ४८६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने योजना रहेको भए पनि सबै बिरामीको सहभागिता नभएकाले सङ्ख्या केही कम भएको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस