२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको संघीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिया एवं सम्मान कार्यक्रममा उनले समाचार राजनीतिक र मनोरञ्जनात्मक मात्र नभई वर्तमान परिप्रेक्ष्यमा जनताका आवाजलाई मुखरित गर्नुपर्छ भने ।

प्रदेश सरकारले आफ्नै सञ्चार नीति बनाउने तयारी गरेको उल्लेख गर्दै उनले राष्ट्रिय एकताका लागि योगदान गर्ने भूमिकाको आवश्यकता औँल्याए ।
राससका पूर्वअध्यक्ष कोमलनाथ बरालले लिथो मेशिनबाट शुरु भएको राससको समाचार सेवा अहिले कम्प्युटर युगमा प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै रासस ‘समाचारको बैंक’का रुपमा स्थापित रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले समाचारको ‘मूल’ रासस भएको बताउँदै समाचार समाज र उत्पादनलाई योगदान दिने किसिमका हुनुपर्ने धारणा राखे ।

प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले सञ्चार क्षेत्रमा राससको महत्वपूर्ण योगदान रहेको बताउँदै समयसापेक्ष गुणस्तरीय समाचार सेवाको आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले रासस खोजमूलक समाचारतर्फ केन्द्रित बन्नुपर्ने सुझाव दिए । रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका पूर्वप्रमुख नारायण कार्कीले रासससँगका अनुभव स्मरण गर्दै ग्रामीण एवं विकट बस्तीका समाचारमा जोड दिनुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले राससका समाचार अनाधिकृत प्रयोग एवं तोडमोड गर्ने प्रवृत्ति देखिएको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेलले राससलाई मानवीय रुचि र चासोका विषयमा पनि केन्द्रित हुनुपर्ने आवश्यकता माथि प्रकाश पारे ।

सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मिता अधिकारी र क्रियाशील महिला पत्रकार सञ्जाल, कास्की अध्यक्ष सरिता तिमल्सिना(पङ्गेनी)ले राससलाई आगामी दिनमा अझै महिलामैत्री बनाउनुपर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले रासस राष्ट्रको धरोहर भएको प्रसङ्ग उल्लेख गर्दै समाचारमा राससको स्रोत नखुलाउने प्रवृत्तिलाई निरुत्साहित पार्नुपर्ने बताए ।

गोरखापत्र संस्थानका पूर्वसञ्चालक सदस्य नवराज सुवेदीले रासस राजनीतिक समाचारतर्फ भन्दा समसामयिक जीवनका समाचारतर्फ केन्द्रित बन्नुपर्ने बताए ।

कार्यक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसीप्रसाद आचार्य, कर्मचारी सञ्चयकोष पोखराका प्रमुख दिलीप पौडेल, रेडियो नेपाल गण्डकी प्रदेश प्रसारण केन्द्र पोखराका निमित्त प्रमुख खेम सारुमगर, टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेललगायतले राससको महत्व माथि प्रकाश पारेका थिए ।