२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको विकासको थालनी सुदूरपश्चिमबाट हुनुपर्छ : अध्यक्ष दाहाल

अ+ अ-

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेलमार्ग बन्दा सुदूरपश्चिम प्रदेशको गड्डाचौकीबाट बन्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बुधबार धनगढीमा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश स्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो प्रस्ताव ल्याएका हुन् ।

सुदूरपश्चिम पुरानो राज्यसत्ताबाट हेपिएको प्रदेश भएको उल्लेख गर्दै उनले भने, ‘अबको विकासको थालनी सुदूरपश्चिमबाट हुनुपर्छ । विद्रोह होस् या आन्दोलन होस् यो क्षेत्रका जनताले खेलेको भूमिका महत्वपूर्ण छ ।

त्यसैले यस क्षेत्रका जनताले आफ्नो हिस्सा चुक्ता गरिसकेको छ । विश्वविद्यालय स्थापनाका कुरा हुन् या ठूला परियोजनाका कुरा, यी सबै यो प्रदेशबाट सुरु हुनुपर्छ’ उनले भने, ‘जति पनि विकासको सुरुवात होस यस क्षेत्रबाट होस् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबैभन्दा पछाडि परेका वर्ग समुदायलाई सम्बोधन गर्ने गरी अघि बढे मात्र परिवर्तनको औचित्य सिद्ध गर्न सकिनेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले पुरानै परम्पराअनुसार राजा–महाराजा र काँग्रेसले गरेका विकास र समृद्धिका कुराजस्तै गरेर गइयो भने परिवर्तनको औचित्य सिद्ध हुन नसक्ने बताए । पार्टी एकताको प्रसङ्ग झिक्दै उनले एकताको कुरा अहिलेको नभइ मदन भण्डारीकै पालाको भएको बताए । उनले दुई कम्युनिष्ट पार्टीमा एकता हुनु स्वभाविक भएको र त्यो अहिले भएको बताउँदै अब पार्टी एकीकरणले छिट्टै मूर्तरुप पाउने दाबी गरे ।

त्यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले यहाँको जल, जमिन, जंगलको सदुपयोग गरी सम्पन्न राष्ट्र निर्माणमा लाग्नुपर्ने बेला आएको बताए । कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टले समेत यहाँका ठूला आयोजनालाई तदारुपताका साथ सम्पन्न गरे मात्र यस क्षेत्रका जनताले विकासको अनुभूति गर्ने बताए ।