१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षको ओस्कार अवार्ड सर्वोत्कृष्ट चलचित्र ‘ग्रीन बुक’लाई

अ+ अ-

काठमाडौं । यस वर्षको ओस्कार अवार्ड सर्वात्कृष्ट चलचित्र ‘ग्रीन बुक’ले जितेको छ । अमेरिकाको लस एन्जेल्समा आइतबार राति आयोजित ९१ औँ समारोहमा ‘ग्रीन बुक’लाई सर्वात्कृष्ट चलचित्र घोषणा गरिएको हो । यूनिभर्सल पिक्चर्सद्धारा निर्मित यो चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित तीन ओटा ओस्कार जितेको हो ।

ओस्कार अवार्ड : (२०१९)
सर्वात्कृष्ट चलचित्र : ‘ग्रीन बुक’
सर्वोत्कृष्ट अभिनेता : ‘बोहेमियान रुहाप्सोडी’बाटरामी मलेक
सर्वोत्कृष्ट सहायक अभिनेता :अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अली
सर्वोत्कृष्ट अभिनेत्री : ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यान
सर्वोत्कृष्ट निर्देशक : चलचित्र ‘रोमा’अल्फोन्सो कुआरोन
सर्वोत्कृष्ट सहअभिनेत्री : चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिगिना किङ

सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका हुन् । सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले जितेका छन्। यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रहेको छ ।  सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन पनि मनोनयन सुचीमा थिए ।

सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् । सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ । यस्तै सर्वोत्कृष्ट निर्देशकको अवार्ड अल्फोन्सो कुआरोनले जिते । चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् ।

प्रतिक्रिया दिनुहोस