२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई करोड ७८ लाख लागतमा निर्माण हुँदै सुविधा सम्पन्न चमेनागृह

अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा सुविधा सम्पन्न चमेनागृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालयले छ महीनामा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । हाल यो भवन सङ्घीय संसद् सचिवालयलाई भाडामा दिइएको छ ।

करीब ९८३ वर्गमिटर क्षेत्रफल ओगट्ने चमेनागृहमा १८६ क्षमताको ‘डायनिङ हल’समेत निर्माण हुनेछ । मुस्लिम समुदायका लागि हलाल खानाको व्यवस्था भान्छाघरमा हुने प्रबन्ध मिलाइएको कार्यक्रममा जानकारी गराइयो । रु दुई करोड ७८ लाख लागतमा निर्माण हुन लागेको चमेनागृहको शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गरेका हुन् । उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

छ महीनामा निर्माण सम्पन्न नभए निर्माण कम्पनी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कर्मचारीलाई कारवाही गर्ने मन्त्री राईको चेतावनी थियो । समयमै काम सक्नेलाई पुरस्कृत गरिने र काममा ढिलाइ गर्नेलाई कडा कारवाही गर्ने नीति सरकारले लिएको उनले जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले चेमनागृहलाई अपाङ्गमैत्री बनाउन आग्रह गर्दै प्राविधिक सहयोग आवश्यकता परे मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता जनाए । समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले छ महीनामा चमेनागृह निर्माण सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गर्दै निर्माणका क्रममा संरचनाको र सम्पन्न भएपछि खानाको गुणस्तरमा कमी आउन नदिने प्रतिबद्धता जनाए ।