८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि…

अ+ अ-

मनाङ । महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् ।

जिल्लामा रहेका चौँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् । जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन ।

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताए । उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् । तिनीहरुको खोजीकार्य जारी रहेको छ । त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताए।

“एउटा चौँरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, यतिका धेरै चौँरी हराउँदा या मर्दा जो कसैले मन थाम्न सक्ला र रु केही गरौँला भनी पुख्र्यौली पेशा अँगालेका हौा, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?” स्थानीय धनबहादुर गुरुङले भने, “पाँच त आँखा अगाडि नै मरे भने अरु जिउँदैछन् कि मरिसके केही अत्तोपत्तो छैन । हिमपातले न खोज्न जान सकिएको छ न त चौँरी फर्किएर गोठमा आएका छन् ।”

चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्‍याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन । “हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे केही अत्तोपत्तो भएन”, अर्का चौँरीपालक धर्मजङ गुरुङले भने, “खोज्नका लागि पनि दिनदिनै जस्तो हिमपात भइरहेको छ । हिँड्डुल गर्न नै गाह्रो छ । कसरी जाने ?” उनका अनुसार जिउँदै भए पनि यतिका दिनसम्म भोकभोकै मरिसके होलान् ।

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताए ।

प्रतिक्रिया दिनुहोस