९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन तहका सरकारबाट महिला अधिकार स्थापित गर्नुपर्छ : प्रदीपकुमार भण्डारी

अ+ अ-

विराटनगर । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले तीन तहका सरकारको सहकार्यबाट महिला अधिकार स्थापित गर्नुपर्ने बताएका छन् ।
सामाजिक विकास मन्त्रालयद्वारा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला हक अधिकारीसम्बन्धी प्रादेशिक महिला सम्मेलन–२०७५’को आज यहाँ आयोजित उद्घाटन समारोहमा उनले वर्तमान संविधानले महिलालाई सामाजिक न्याय दिएकाले यसको प्रभावकारी कार्यान्वनको आवश्यक्ता औँल्याएका थिए ।

 उनले लैङ्गिक हिंसा घरपरिवारबाट हटाउन संस्कार परिवर्तनमा जोड दिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सम्मेलनबाट प्रदेशभरका महिलाले भोग्नुपरेका समस्या र उनीहरुका हक अधिकारको सम्बन्धमा निचोडमा पुग्न सकिने बताए । उनले लैङ्गिक निर्माणमा सम्मेलन मार्गदर्शन हुने विचार व्यक्त गरे ।

प्रदेश उपसभामुख सरस्वती पोखरेलले मन्त्रिमण्डल गठनमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चिता हुनुपर्ने बताए । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेल र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेल महिला अधिकार प्राप्त हुने क्रम जारी रहेको धारणा व्यक्त गरे ।

सम्मेलनमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्भमा छोरीको भ्रुण हत्या रोक्न महानगरपालिकाले छोरी बचाउन अभियान सञ्चालन गरेको जानकारी गराए ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले सम्मेलनले लैङ्गिक नीति तयारका लागि आवश्यक सुझाव सङ्कलन गर्न सम्मेलनको आयोजना गरिएको बताए । नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशस्तरीय दुईदिने महिला सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा १३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ, महिला मानव अधिकारकर्मीको सहभागिता रहेको छ । सम्मेलन बुधबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस