२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन

अ+ अ-

बलेवा । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँँमा कालो प्लाास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ ।

घना बस्ती रहेको बजार क्षेत्रमा नाङ्गो तारका कारण पटक पटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलिटेड केवल) तार प्रयोग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख कपिलराज पाण्डेले बताए । पाण्डेका अनुसार नयाँ तारबाट वितरण हुने विद्युत् चुहावटको समस्यासमेत धेरै कम हुनेछ । बजारभित्रको वितरण लाइनको नाङ्गो तार सबै विस्थापन गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नै बागलुङ बजारमा खतरामुक्त तार जडानको काम भइरहेको पाण्डेले बताए । अहिले बागलुङ नगरपालिका–१ को १०, वडा नं २ को ८० र ३ को बजार क्षेत्रको भागमा विस्तार भएको प्रसारण लाइनको तार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । पहिले चार वटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लास्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि विद्युतीय दुर्घटना नहुने प्रमुख पाण्डेले बताए ।

प्लास्टिकले बेरिएको तार भएका कारण विद्युत् चुहावट हट्ने र हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटनाको सम्भावना नहुने उनले बताए ।

अव्यवस्थित नाङ्गो तारले जोखिम हुँदासमेत प्राधिकरणले मर्मतसम्भारका लागि बेवास्ता गरेको सर्वसाधारणको गुनासो बढेकाले यसलाई व्यवस्थापन गर्न थालिएको बागलुङ नगरपालिका–२ का पूर्वाधार संयोजक अर्जुन घिमिरेले जानकारी दिए । तारको व्यवस्थापन गर्ने काम प्राधिकरणको भए पनि वडा कार्यालयले यसमा चासो देखाएको छ ।

आगामी एक महीनाभित्र सबै तारको व्यवस्थापन गरेर नया इन्सुलिटेड तारमार्फत उपभोक्ताको घर घरमा विद्युत् प्रवाह गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।