१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक विचलनबारे अनुसन्धान भइरहेको न्यायाधीश फुयाँलको प्रस्टोक्ति, सांसद पोखरेलले पनि गरे आरोपको खण्डन

न्यायाधीश हरिप्रसाद फुयाँलले न्यायिक विचलनसम्बन्धी अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने सांसद विश्वराज पोखरेल र प्रधानन्यायाधीश मनोजकुमार शर्माले बिचौलियासँगको सम्बन्ध तथा आर्थिक लेनदेनका आरोप अस्वीकार गरेका छन्।

अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँले न्यायपालिका र आफूसँग सम्बन्धित विषयमा सार्वजनिक भएका विवरण तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै न्यायिक विचलनका सम्बन्धमा अनुसन्धान भइरहेको स्पष्ट पारेका छन्।

बिहीबार जारी विज्ञप्तिमा उनले स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै नेपालको न्यायिक विचलनका सम्बन्धमा भइरहेको महत्वपूर्ण अनुसन्धानप्रति पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलबाट प्राप्त भनिएका सन्देशका आधारमा न्यायाधीश फुयालसँग विचाराधीन मुद्दाबारे भएको कथित संवाद तथा प्रधान न्यायाधीश र सांसदको नाम जोडिएका आर्थिक कारोबारसम्बन्धी विवरण सार्वजनिक भएसँगै सम्बन्धित व्यक्तिहरूले छुट्टाछुट्टै विज्ञप्तिमार्फत आरोपको खण्डन गरेका हुन्। 

पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाई गरिएका कार्यहरू राज्यको जानकारीमा आई अनुसन्धान भइरहेको उल्लेख गर्दै फुयाँले आफ्नो नाम जोडेर सार्वजनिक भएका तथ्य र समाचारलाई न्यायक्षेत्रको विद्यमान परिस्थितिभन्दा अलग रूपमा नहेर्न आग्रह गरेका छन्।

‘मबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन,’ विज्ञप्तिमा भनिएको छ। उनले न्यायिक विचलन ल्याउने कार्य अनुसन्धानको प्रक्रियामा रहेको जनाउँदै भ्रम, अर्धसत्य र अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिप्रति दु:ख व्यक्त गरेका छन्। साथै, न्यायिकर्मीहरूलाई न्यायपालिकाप्रतिको विश्वास थप मजबुत बनाउन आग्रह गरेका छन्।

यसैबीच, प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले पनि समाचारमा आफ्नो नाम जोडेर लगाइएका बिचौलियासँगको सम्बन्ध, आर्थिक लेनदेनलगायतका आरोप निराधार, भ्रामक र कपोलकल्पित रहेको बताएका छन्। बिहीबार जारी विज्ञप्तिमा उनले कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो चिनजान, सम्पर्क वा संलग्नता नरहेको दाबी गरेका छन्।

पोखरेलले समाचारमा उल्लेख गरिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। प्रमाणित तथ्य र आधिकारिक आधारबिना आफ्नो नाम जोडेर समाचार प्रकाशन गरिएको भन्दै उनले सम्बन्धित अनलाइनलाई समाचार सच्याउन र आधिकारिक धारणा समेट्न आग्रह गरेका छन्। साथै, आवश्यक परे कानुनी उपचार खोज्ने अधिकार सुरक्षित रहेको बताएका छन्।

यसअघि प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माले पनि आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका थिए। ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफू आश्चर्यचकित र स्तब्ध भएको उनको भनाइ छ।

प्रधानन्यायाधीश शर्माले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै संलग्नता, चिनजान वा प्रत्यक्ष तथा परोक्ष सम्पर्क नरहेको दाबी गरेका छन्। समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत नभइसकेको उल्लेख गर्दै उनले आधारहीन, झुटा र कपोलकल्पित समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

0 Comments