८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला आयोगको योजना निर्माणका लागि परामर्श शुरु

अ+ अ-

रुपन्देही । राष्ट्रिय महिला आयोगले तेस्रो रणनीतिक योजना निर्माणका लागि प्रदेश नं ५ बाट आजदेखि परामर्श शुरु गरेको छ । महिला अधिकारको संंरक्षण तथा प्रवर्द्धनको सुदृढीकरणका लागि प्रभावकारी योजना निर्माण गर्न आयोगले छलफलको थालनी गरेको हो ।

महिलाको हकहितको संरक्षण, संवर्द्धन तथा महिलालाई सशक्तीकरण गरी लैङ्गिक न्याय सुनिश्चित गर्ने संवैधानिक आयोग नै महिला आयोग भएकाले यसको प्रभावकारी योजना निर्माणका लागि प्रदेशस्तरमा छलफल आयोजना गरेको उपसचिव लक्ष्मी पाण्डेले जानकारी दिए ।

कार्यक्रममा प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, कर्मचारी र सरोकारवालाले संघीय संरचनाअनुरुप आयोगको कार्यक्षेत्र विस्तार गर्न सुझाव दिए । केन्द्रबाट स्थानीयस्तरका महिलाको अधिकार स्थापित गर्न कठिन हुने भएकाले प्रदेशमा महिला आयोगको उपस्थिति जरुरी रहेको वक्ताहरुले धारणा राखे ।

कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले देश नयाँ व्यवस्थामा गएकाले महिला आयोगको पहुँच र विस्तार जरुरी रहेको बताए । उनले भने, ‘देश संघीयतामा गएपछि आयोगको जिम्मेवारी बढेको छ, अब आयोग संघीयताको मोडलमा स्थापित हुनुपर्छ ।’

राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले प्रदेशबाट आएका सुझावका आधारमा रणनीतिक योजना तय हुने र प्रदेश तथा स्थानीय तहसँग सहकार्य गर्ने बताए । सामाजिक विकास समितिका सभापति दीर्घबहादुर पाण्डेले लैङ्गिकमैत्री वातावरण र नीति निर्माणका लागि सही योजना बनाउन आवश्यक रहेकामा जोड दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव तीर्थराज ढकालले नीति र कानूनको पुनर्वलोकन गर्दै योजना बनाउन सुझाव दिए । उनले भने, ‘लैङ्गिक चस्माबाट जेण्डरको अडिट गर्ने काम आयोगको हो ।’

प्रदेशसभाका सदस्य कमला विश्वकर्मा, दीपा विक र रीना नेपाल तथा प्रदेश मामिला आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठले सामाजिक, सांस्कृतिक हिसाबले थिचोमिचोमा परेका महिलाको सुरक्षा, न्याय र अधिकारका लागि प्रदेशमै आयोग गठन गर्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्ले, कानून सचिव राजेन्द्र थापा लगायतले परिवर्तित समयमा आयोगको भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस