२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराका आँधीपीडितलाई भक्तपुरबाट सहयोग प्रदान

अ+ अ-

भक्तपुर । यही चैत १७ गते बेलुका बारा जिल्लामा आएको विनाशकारी आँधीबेहरीबाट प्रभावित पीडित बासिन्दालाई भक्तपुरका समाजसेवी एवं व्यवसायीले राहत वितरण गरेका छन् ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको अगुवाइमा भक्तपुरका समाजसेवी विज्ञान राई, श्रीभक्त कासिछ्वा, इजीवे ट्रायर सेन्टरका निर्देशक निर्भयबाबु प्रसार्इं, स्थानीय व्यवसायी रोमन शिलाकार, राजेश चिकम्बन्जार, पूर्ण लिम्बू, नुनम सुुब्बा, प्रविण कुस्मा, यादव राईलगायतबाट रु चार लाख १० हजार रकम सङ्कलन गरिएको थियो ।

बारा पर्शुरामपुर पुगेर दाता श्रीभक्त कासिछ्वा र विज्ञान राईले बुधबार सङ्कलित रकमसहित विभिन्न राहत सामग्री पीडितलाई प्रदान गरेको राईले जानकारी दिए । रकमसहितको सामग्री युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेलमार्फत पीडितलाई वितरण गरिएको उनले जानकारी दिए।

सडक पुलमा सिसी क्यामरा जडान

सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानामा रहेको सूर्यविनायकमा रहेको कालाचा खोलामा बुधबार दुई सिसी क्यामरा र एक मोनिटर जडान गरिएको छ । अरनिको राजमार्गमै जोडिएको कालाचा खोलामा पटक–पटक सफा गर्दा पनि यहाँका बासिन्दा र भक्तपुर नगरपालिका क्षेत्रका बासिन्दाले फोहर फाल्ने गरेको भन्दै सिसी क्यामरा जडान गरिएको हो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री बस्नेतले खोला र अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सिसी क्यामरा जडान गरिएकाले फोहर फाल्नेलाई अब नियन्त्रणमा लिएर कारवाही गर्ने बताए ।

उनले हनुमन्ते सरसफाइमा भक्तपुर नगरपालिकाले साथ नदिएको तर फोहर फाल्नेलाई कारवाही पनि नगर्दा सफाइ भइरहे पनि फोहर गर्ने क्रम बढेको बताए । सफा गर्न नसक्नेले अरुले सफा गरेको ठाउँमा फोहर गर्न नहुनेमा जोड दिँदै उनले कालाचा खोलामा अब फोहर फाल्नेलाई कडा कारवाही गरिने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईँले सरसफाइ अभियान चलाएको एक वर्ष नाघिसक्दा पनि अझै सचेत नहुने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सफाइ अभियानलाई निरन्तरता दिने बताउँदै जथाभावी फोहर नफाल्न आग्रह गरे ।

हनुमन्ते सरसफाइ अभियानका अभियानकर्मीले कालाचा खोलामा पटकपटक सफाइ गरे पनि फोहर फाल्ने क्रम निरन्तर बढिरहेपछि फोहर फाल्नेलाई पक्राउ गरी आवश्यक कारवाही गर्न सिसी क्यामरा जडान गरिएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष किरण थापाले जानकारी दिए। क्यामरा र मोनिटर ज्योति विकास सहकारी संस्थाको सहयोग जडान गरिएको हो । रासस