२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी मन्त्रालय फिर्ता

अ+ अ-

काठमाडौं । समायोजन भई स्थानीय तहमा कामकाजका लागि खटिएका कर्मचारी मन्त्रालय फिर्ता भएका छन् । सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी खटाएका कर्मचारीहरुलाई कतिपय स्थानीय तहले हाजिर गर्न नदिँदा मन्त्रालय फिर्ता भएका हुन् ।

सरकारले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर थिमी र भक्तपुर नगरपालिकामा समायोजन गरी पठाएका ३० जनाभन्दा बढी कर्मचारीलाई हाजिर नगराई मन्त्रालयमा फिर्ता पठाइएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराए पछि अन्य कर्मचारी पनि समायोजन भएका कार्यालयमा जान आनाकानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको संयोजकत्वमा रहेको कर्मचारी समायोजन निर्देशक समितिमा हाजिर नगराई फिर्ता पठाएका कर्मचारीको छुट्टै फाइल खडागरी पेश गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

हाजिर नगराउने कर्मचारीमा कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म छन् ।

सरकारले समायोजन गरी पठाएका दरबन्दीमा साबिक स्थानीय निकायका कर्मचारी कार्यरत नै रहेकाले दरबन्दीको अभावमा कर्मचारीलाई हाजिर गराउन नसकिएको काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर र मध्यपुर थिमी नगरपालिले जनाएको छ ।

सरकारले चैत दोस्रो साता तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरेको थियो । सरकारले स्थानीय तहको ६६ हजार ९०८ दरबन्दीमध्ये निजामती र साबिक स्थानीय तहका गरी ४३ हजार १४० कर्मचारी समायोजन गरिसकेको छ ।