गौशाला । छापाखानामा आगलागी हुँदा तीस लाखको क्षति भएको छ । जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा रहेको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको हो ।
आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित ३० लाखको सरसामान जलेर नष्ट भएको प्रहरीले बताएको छ।
छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा ६ः३० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।







