काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही चैत २४ गते ८:३० बजे बिरगंजबाट काठमाडौं आउँदै गरेको ना. ८ च. ३७९१ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा पर्सा बिरगंज महानगरपालिका-१४ का मनिस कुमार साहलाई लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरि ३ सय १ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी यही २३ गते १०:३० बजे नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना.७ ख. २७७६ नम्बरको यात्रुबाहक सवारी साधनबाट बाँकेकोहलपुर नगरपालिका-१५ का सन्तोष यादवलाई नाईट्भेट २६ ट्याब्लेट र स्पार्ट १९ ट्याबलेट सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।







