२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेवाको व्यावसायिक खेतीबाट मनग्य आम्दानी

अ+ अ-

भद्रपुर । झापामा व्यावसायिक रुपमा गरिएको मेवाखेतीबाट मनग्य आम्दानी हुनथालेको छ । मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती थालेका हुन् ।

यतिबेला दुवैको बगैँचामा मेवा पाक्न थालेको छ । पाकेको मेवा किन्नका लागि व्यापारी घरमै आउन थालेका उप्रेतीले बताए । उनले भाडामा लिएको १० कठ्ठा जमीनमा १ हजार विनायक जातको बिरुवा हुर्काएका छन् । उनले ‘डिएन्डडी बायोप्लानटेक’ नामक संस्थामार्फत मेवाखेती गरेका हुन् । उप्रेतीको खेतमा मेवा लटरम्म फलेर पाक्न थालेको छ ।

दैनिक १०० किलो मेवा प्रतिकिलो रु ५० का दरले बोटबाटै बिक्री भइरहेको उप्रेतीले बताए । उनले हालसम्ममा ७ हजार किलो मेवा बिक्री गरिसकेको बताए । ‘अब ४ हजार किलो बिक्री गर्न बाँकी छ’, उनले भने । रोपेको ८ महीनामै आम्दानी दिने गरेको मेवाखेतीबाट खर्च कटाएर रु ५ लाख आम्दानी हुने गरेको उप्रेती बताउछन् । उनले उत्पादन गरेको मेवा घरबाटै दमकस्थित अधिकारी फलफूल पसलका सञ्चालकले खरीद गर्दै आएका छन् । उनले भने’माग धान्नै गाह्रो भयो, परीक्षणका लागि थोरै मात्र खेती गरेका थियौँ ।’

आधा दशकदेखि नर्सरी र कृषि क्षेत्रमा सक्रिय उप्रेतीले पहिलोपल्ट परीक्षणका लागि मेवाखेती गरिएको बताए। ‘मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो’, उनी भन्छन्, ‘जन्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने गुण भएका कारण बजारमा यसको माग बढेको हो ।’मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा मेवाको व्यावसायिक खेती शुरु गरेको उप्रेतीले बताए । ‘यस वर्ष १० कठ्ठामा लगाएको छु, एक बिघा जमीनमा थप खेती गरेको छु’, उनले भने ।

यस्तै प्रेमसागर सापकोटाले वार्षिक रु ४० हजार प्रतिबिघाको दरले तीन बिघा जमीन भाडामा लिएर मेवाको सात हजार बिरुवा हुर्काएका छन् । उनले हुर्काएको मेवाको बोटमा एउटै मेवा ३ किलोसम्मको फलेको छ । ‘बिरुवा रोपेको छ महीनामै फल्न थाल्यो’, उनले भने, ‘९ महीना भएपछि पाक्न शुरु भयो, बेच्न थालेका छैनौँ ।’ उनका अनुसार मेवा किन्नका लागि काठमाडौँ र पोखराका व्यापारी आउने गरेका छन् ।

एउटै फल तीन किलोसम्मको हुने, एउटा बोटमा वर्षेनी १७५ किलोसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवाखेतीबाट मनग्य फाइदा हुने सापकोटाले बताए । उप्रेती र सापकोटाले प्राविधिक समस्या भने प्रशस्तै झल्नुपरेको छ ।